Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं ।  परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

उनीहरुले त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्‍दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले बताए ।



यसका साथै उनीहरुले त्रिविले प्रश्‍नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेद सार्वजनिक गर्न माग गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077