Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१७ अंकले घटेको सेयर बजारमा २ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.१५ अंकले घट्दै २१०६.१५ अंकमा झरेको हो ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ४०६.११ अंकमा झरेको छ । आज म्यानु एण्ड प्रो र म्युचुअल फन्ड बाहेकका सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह १.६१ प्रतिशतले घटेको छ ।

यस्तै, विकास बैंक समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इनभेष्टमेन्ट समूह १.३८ प्रतिशतले, फाइनान्स समूह १.३१ प्रतिशतले, हाइड्रोपावर समूह १.०४ प्रतिशत र जीवन बीमा समूह १.०३ प्रतिशतले घटेको छ ।

यता म्यानु एण्ड प्रो र म्युचुअल फन्डको उपसूचक क्रमशः ०.१ प्रतिशत र ०.२७ प्रतिशतले बढेका छन् । १७ अंकले घटेको बजारमा आज २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077