Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् ।

सो बारे औपचारिक जानकारी दिन उनले आज दिउँसो साढे २ बजे काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

शाही जुम्लाकै सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकोले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077