Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - गठबन्धनसँग चुनाव लड्न एमालेको नसिब मै लेखेको रहेछ

काठमाडौं . नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग चुनाव लड्नु एमालेको 'नसिब' मै लेखेको बताएका छन्।

आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको आयोजित कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालले गठबन्धनसँग लड्नुपर्ने र यो कुरा नसिबमै लेखेको बताएका हुन्।

'मंसिर ४ गते निर्वाचन आउँदैछ। हामीले गठबन्धनसँग चुनाव लड्नुपर्नेछ,'उनले भने,' यो नसिबमै लेखेको छ।'

उनले गठबन्धनलाई इंगित गर्दै चुनावमा हारिने डरले एकअर्कोको सहारा लिएर चुनावमा जान लागेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077