Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गरेका छन् ।

आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताएका हुन्।

उनले भने, ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’

डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077