Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस सरकारको चेतावनी - एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण नगरे केन्द्र सरकारविरुद्ध आन्दोलन गर्छौ

जनकपुरधाम । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गरेका छन् ।

मन्त्री साहले प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनअगावै अर्थात् एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गरेका हुन् ।

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

केहि दिनअगाडि मन्त्री साहले मधेस भवनमा पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077