Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रूसी आक्रमणबाट युक्रेनी आणविक केन्द्रको केही भागमा ठूलो क्षति

    रूसी आक्रमणबाट युक्रेनी आणविक केन्द्रको केही भागमा ठूलो क्षति

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले जनाएका छन् ।

    यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो ।



    यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् । आक्रमणले विद्युत केबुललाई क्षति पुर्‍याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ ।



    घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार