Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • जर्नादन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा गोरु पनि लजायो : केपी शर्मा ओली

    जर्नादन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा गोरु पनि लजायो : केपी शर्मा ओली

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे ।

    ‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’ ओलीले भने ।



    उनले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताए । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो’ ओलीले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार