Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म्याग्दी पहिरो अपडेट : थप तीनजनाको शव भेटियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ।

मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको हो ।

पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालेको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शव समेत निकाली कानुनी प्रक्रियाको काम भइरहेको प्रहरीले जनाएको छ ।

उद्धारमा बिहानैदेखि खटिए पनि भीषण वर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077