Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीमा शर्माको पुनः नियुक्तिको विरोधमा संसद् भवनअगाडि प्रदर्शन, २५ जना भन्दाबढी पक्राउ

काठमाडौं । सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा युथ कंग्रेस नामक समूहले प्रदर्शन गरेको छ ।

विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त समूहले प्रदर्शन गरेको हो ।

संसद् भवनअगाडि निषेधित क्षेत्रमा समेत उनीहरूले प्रदर्शन गरेका थिए । करिब २५ जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसमा आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077