Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशको महाभियोग अघि बढाउन बार एसोसिएसनका पदाधिकारीहरुको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका पदाधिकारीहरुले सभामुख सापकोटासँग भेट गरेका हुन्।

भेटका क्रममा बारका पदाधिकारीले प्रधानन्यायाधीश महाभियोगको टुंगो लगाउन सभामुखसँग आग्रह गरेका छन्। उनीहरुले प्रतिनिधिसभाको यसै अधिवेशनमा महाभियोगको प्रकृया अघि बढाउन आग्रह गरेका हुन्।

जवाफमा सभामुख सापकोटाले छिट्टै महाभियोगको प्रकृया अघि बढ्ने आश्वासन दिएका छन्। बजेटका कारण ढिला भएको भन्दै सापकोटाले अब छिट्टै सो प्रकृया अघि बढ्ने बताएका हुन्।

गत वर्ष फागुनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएको थियो। सांसद देव गुरुङले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका थिए।

न्यायालयमा न्याय सम्पादन हुन नसकेको, विकृति र विसंगतीको समस्या देखिन थालेको, न्यायालयमा सुधारका आवाज उठेपनि सुधार हुन नसकेको तथा सम्पूर्ण रुपमा न्याय सेवाको क्षेत्र अवरुद्ध भएको भन्दै जबराविरुद्ध महाभियोग दर्ता भएको थियो। न्याय क्षेत्रलाई क्रियाशील र चलायमान गराउने अन्तिम विकल्पको रुपमा महाभियोग ल्याइएको सत्ता पक्षको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077