कास्की । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।
गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।
सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।