Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी क्षेप्यास्त्र आक्रमणमा मारिए युक्रेनी धनाढ्य

एजेन्सी । युक्रेनको दक्षिणी माइकोलाइभ सहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनकै सबैभन्दा धनी व्यापारीमध्ये एकको मृत्यु भएको छ ।

युक्रेनी सञ्चार माध्यमका अनुसार ७४ वर्षीय ओलेक्सिए भादातर्स्की र उनकी पत्नी राइसाको शनिबार राति उनीहरूको घरमा क्षेप्यास्त्र खस्दा ज्यान गएको हो ।

भादातर्स्की अन्न निर्यात गर्ने निवुलोन समूहका मालिक थिए । उनी ‘युक्रेनका वीर’ उपाधिबाट सम्मानित व्यक्ति थिए ।

माइकोलाइभका मेयर ओलेक्सान्दर सेनेकभिचले यो सम्भवत रुसी फौजबाट भएको अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077