Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दन प्रकरणमा ओली भन्छन् - तथ्य बाहिर आउँछ भनेर सीसीटीभी फुटेज नै गायब पारियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको बताएका छन् ।

साउन १५ अर्थात खीर खाने दिनको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको दाबी गरे । उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको दावी दाबी गरे ।

‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाईने । कल डिटेल हेर्न चाँही पाईदैन, लजा । अव ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाईल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077