Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आज नै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराएकी थिइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अङ्गका प्रमुखको उपस्थिति थियो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए ।

समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिएका थिए । क्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077