Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीमा शर्मालाई पुनर्नियुक्ति दिनु जनताको संवेदनशीलताको अपमान भएको प्रदीप ज्ञवालीको भनाई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरिएको बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिका सदस्यसमेत रहेका उपमहासचिव ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्तिलाई पुनस्नियुक्त गर्नु संवेदनशीलताको अपमान भएको बताए ।

ज्ञवालीले संसदीय समितिको छानबिन नै अपुरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको बताए ।

ज्ञवालीले शुक्रबार संसद्‍मा प्रस्तुत भएको प्रतिवदेनमा धेरै कुरा भनिसकेका बताए । बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा सार्वजनिक भएपछि असार २२ मा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेका थिए ।

११ सदस्यीय समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने ज्ञवालीसहित ४ जना सांसदहरुले अनुसन्धान अधुरो रहेको भन्दै फरक मत राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077