Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीको अत्तरियामा भयानक दुर्घटना : एकजना गम्भीर घाइते, आधा दर्जन गाई मरे

कैलाली । कैलालीको अत्तरियामा भयानक ट्याङकर दुर्घटना भएको छ ।

शनिबार नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । भने ५ गाई मरेका छन् ।

ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिदाँ पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका-१ का लोकेन्द्र धामी गम्भीर घाइते भएको र ५ गाई मरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेको उपचार अत्तरियास्थित पदमा अस्पतालका भइरहेको छ । भने ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077