Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मस्कोको १५ तले भवनमा आगलागी : ८ जनाको मृत्यु, चार घाइते

एजेन्सी । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्।

दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो। मध्यरातपछि आगो निभाइएको थियो। आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो।

भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077