Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेलिकमकाे गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न मन्त्रालयलाई निर्देशन

काठमाडौं । नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन प्रतिनिधि सभाको विकास तथा प्रविधि समितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले अबको १५ दिनभित्र कार्ययोजना तयार गरी समितिमा पेश गर्न भनेको छ ।

नेपाल टेलिकमको गुणस्तर र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाबारे छलफल गर्न बसेको बैठकमा सहभागी सांसद्हरूले फोन नलाग्ने, डेटा नचल्नेलगायत समस्या रहेको सुनाएका थिए ।

समितिले यसअघि पुस १९ को बैठकमा पनि टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइबारे जिज्ञाशा राखेर नयाँ टावर निर्माणको कार्यायोजना पेस गर्न निर्देशन दिएको थियो ।

‘अघिल्लो आर्थिक वर्ष २०७७र७८ मै सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरिसकेकोमा विस्तार हुन बाँकी ४३ वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने कार्ययोजना र बाँकी रहेका २२८ वटा टावर निर्माण कहिलेसम्म सम्पन्न गरिने हो सोको कार्ययोजना बनाइ १५ दिनभित्र समितिमा पेश गर्न समिति निर्देशन गर्दछ,’ समितिले जारी गरेको लिखित निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077