Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन : एमाले अध्यक्ष ओली

    गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन : एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 897
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको बताएका छन् ।

    पार्टीको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् ।



    त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो ।



    यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

    अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताए । आगामी दिनमा गल्ती नदोर्‍याउन र पार्टीले जित्ने गरी काममा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार