Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेक अनादर मुद्दामा धनगढीका एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

धनगढी । धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपमहानगरपालिकाको वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्र पठाइएको जनाइएको छ । कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077