Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • खाद्यान्न ढुवानी गर्ने सहमति भएको एकसाता नबित्दै रूसद्वारा ओडेसामा पुनः आक्रमण

    खाद्यान्न ढुवानी गर्ने सहमति भएको एकसाता नबित्दै रूसद्वारा ओडेसामा पुनः आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 3.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको हो ।

    युक्रेनी सेनाका अनुसार देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ ।



    ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो ।



    रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्याउनु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार