Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालका अध्यक्ष थापाको पक्षमा अन्तरिम आदेश, गाई चुनाव चिन्ह पाउने

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले यस्तो आदेश जारी गरेको हो । थापाले गाई चिह्न माग गर्दै असार ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोगले थापालाई तिर चिह्न दिएको थियो । आयोगले गाई राष्ट्रिय जनावर भएको दाबी गर्दै निर्वाचन चिह्न दिन नसकिने भनेको थियो।

राप्रपासँग एकीकरण गर्नुअघि राप्रपा नेपालको निर्वाचन चिह्न गाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077