Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा रोकिएको जीपसँग मोटरसाइकल ठोेक्किँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा रोकिएको जीपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीपसँग क १ प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077