Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम हुँदैन : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने बताएका छन् ।

द वाल स्ट्रीट जर्नलसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरीकनै युद्धविराम गर्दा उसलाई झनै सहज हुने बताएका हुन् ।

उसको जित जस्तै मानिने भएकाले युक्रेनको सबै भूमि फिर्ताविना युद्धविराम हुन नसक्ने बताए । युद्धविरामको फाइदा उठाएर रुसले युद्धको थप तयारी गर्ने र पुनः आक्रमण थाल्ने भएकाले भरपर्दो सम्झौताविना युद्धविराम गर्न नहुने पनि जेलेन्स्कीको भनाई छ ।

विभिन्न बहानाबाजी गर्दै रुसले तत्कालीन सोभियत संघमा आबद्ध राज्यलाई आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि विश्वभरबाट दवाब र प्रतिबन्ध नलगाएमा विश्वकै लागि रुसका गतिविधि खतरनाक बन्दै जाने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077