Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीलाई संकेत गर्दै बाँस्कोटाले भने - सत्ताको चास्नीले नागरिकता विधेयकको रंग बद्लियो

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले सत्ताको चास्नीले नागरिकता विधेयकको रंग बद्लिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै बास्कोटाले नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान छाडेकोप्रति व्यंग्य गरेका हुन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा राज्य व्यवस्था तथा सुशासन समितिले एमाले र माओवादीका सांसदहरुकै अडानका कारण वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न ७ वर्षको समयावधि राखिएको थियो।

तर त्यो विधेयक सरकारले फिर्ता लिएर ल्याएको नयाँ विधेयकमा वैवाहिक अंगीकृतबारे केही बोलिएको छैन। त्यसैले यो विधेयक जस्ताको तस्तै पारित भए नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्कालै नागरिकता प्राप्त गर्न सक्छन्।

बास्कोटाले लचिलो हुने नाममा राष्ट्रिय स्वाभिमानलाई दाउमा राख्न नहुने जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077