Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु भएको हो ।

सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।

मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।

त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि सो बारेमा बिफ्रिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077