Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पोखराका मेयर आचार्यको सम्पत्ति ४३ करोड ६१ लाख, पाँच तोला हिरा

    पोखराका मेयर आचार्यको सम्पत्ति ४३ करोड ६१ लाख, पाँच तोला हिरा

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.2K
    SHARES

    कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जेठ १२ गते पदभार सम्हालेको उनले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरे । मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ ।



    बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख छ । ऋण घटाउँदा पनि उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६ सय १६ रूपैयाँ छ ।



    मेयर आचार्यको सबैभन्दा धेरै रकम शेयरमा छ । विभिन्न कम्पनीमा शेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । उनको सबैभन्दा धेरै शेयर जलविद्युत् आयोजनामा रहेको छ । त्यस्तैगरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा ८७ लाख रुपैयाँ पर्ने जग्गा छ ।

    उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको विवरण दिए । पोखरा–९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाण्डौको सीतापाइलामा श्रीमतीकै नाममा १ करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ ।

    त्यस्तै उनले ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् । यसमा उनको बुवाको सम्पत्ति उल्लेख गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार