Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलले संसदको रोष्टम २० मिनेट 'कब्जा' गरेपछि…

काठमाडौ. । नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् ।

धेरैबेर रावलले माग गरेपछि केही सांसदहरुले नियमापत्ति जनाए । साथै केही सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गरे । तर पहाडीले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावल रोष्टमबाट झरेनन् । सभामुखको ड्यासमा रहेकी पहाडीको जोर नचलेपछि सभामुख अग्नि सापकोटा ड्यासमा आइपुगे ।

रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले उठाएको कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न भने । तर सांसद रावल पछि नहटेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077