Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन्द्र भन्छन् - शाक्यको पालामा खरिद गरिएको दमकल आइपुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ।

महानगरका प्रमुख बालेन्द्र शाहले पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएको तीन वटा दमकल आइपुगेको बताएका हुन् ।

शाहले दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए । नगरप्रमुख शाहले भनेका छन् 'महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ ।'

दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077