कास्की । एटीएम मेसिन फोर्न खोज्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका-८ न्यूरोड स्थित एनआईसी एशिया बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका ९बस्ने वर्ष १९का नरेश पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका मगरलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।