Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागूऔषधसहित यादव पक्राउ

काठमाडौं । लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले यादवलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरेको हो ।

यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार यादवको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077