Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पत्रकारमाथि कुटपिट गर्ने विद्युत प्राधिकरणका ७ कर्मचारी पक्राउ

चितवन । पत्रकारमाथि कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए।

आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077