Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बल्खुको सुमो काउन्टरबाट यात्रुलाई अनावश्यक दुःख र हैरानी दिने १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबर्जस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।

यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुलीका हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा, पर्साका राजीवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रवीन्द्र चौधरी, काठमाडौं बस्ने भारत बिहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौं दक्षिणकालीका राम तामाङ रहेका छन् ।

टाटा सुमोको टिकट काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबर्जस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077