Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थमन्त्री प्रकरण : छानबिन समितिले अर्थ मन्त्रालयका अधिकारीसँग आज बयान लिने

    अर्थमन्त्री प्रकरण : छानबिन समितिले अर्थ मन्त्रालयका अधिकारीसँग आज बयान लिने

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्दै छ । संसदीय विशेष समिति गठन भएको आज पाँचौँ दिन पनि ११ बजे बैठक बस्न लागेको हो ।

    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग बैठकमा छलफल गर्ने तयारी गरेको बताइएको छ ।



    समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने बताइएको छ ।



    शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको छ । समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ । छानबिनमा सघाउने भन्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार