Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री प्रकरण : छानबिन समितिले अर्थ मन्त्रालयका अधिकारीसँग आज बयान लिने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्दै छ । संसदीय विशेष समिति गठन भएको आज पाँचौँ दिन पनि ११ बजे बैठक बस्न लागेको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग बैठकमा छलफल गर्ने तयारी गरेको बताइएको छ ।

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने बताइएको छ ।

शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको छ । समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ । छानबिनमा सघाउने भन्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077