Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा हावाहुरीले दर्जनौं घरका छाना उडायो, क्षतिको विवरण आउन बाँकी

अछाम । शुक्रबार साँझ आएको पानीसहितको हावाहुरीले अछामको चौरपाटी गाउँपालिकामा दर्जनौ घरका छाना उडाएको छ ।

पानीसहित हुरीबतास चल्दा केही घरको छाना उडाएको छ भने केही घरहरुमा क्षेति पुगेको हो । गाउँपालिकाका विभिन्न वडाहरुमा हुरीबतासले दर्जनौं घरमा क्षति पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ ।

हावाहुरीले घरको छाना उडाएपछि केही परिवार छिमेकीको घरमा बस्ने अवस्था आएको छ । अहिले बेलुकीसम्म पनि वडा कार्यालय र अन्य सङ्घ–संस्थाले राहत सामग्री पुर्‍याउन सकेका छैनन् ।

केही घरमा अन्नपातसमेत नष्ट भएको स्थानीयले जनाएका छन् । हावाहुरीले पुर्‍याएको क्षतिको पूरा विवरण आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077