Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको तालसिखेल नगरपालिका १४ का ४३ वर्षीय सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जलेश्वर नगरपालिका ३ मलिवारास्थित प्रहरी चौकी भिठ्ठामोड महोत्तरीबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कार्कीलाई आफ्नै शरीरको विभिन्न अंगमा लुकाई छिपाई राखेको नाइट्रभेट १० लेखिएको ९० पिस र स्पास्मो प्रोक्सिभन प्लस ४० पिस टयब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077