Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष नव नियुक्त सात राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न सात मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा उनहरुले शपथ लिएका हुन् ।

भर्खरै राजदूतमा नियुक्त भएका तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) ले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077