Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुमो काउण्टरमा यात्रुलाई दुख दिने १० बिचौलिया पक्राउ

काठमाडौं । टाटा सुमो काउण्टरमा यात्रुलाई झन्झट दिने १० जना बिचौलियाहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरि बहादुर पाण्डे,संजय तामाङ, राकेश कुमार श्रीवास्तव,राजु थापा, आकाश तामाङ, राजिव कुमार सिंह, नितिश जंग राणा, रबिन्द्र चौधरी, दोर्जे गुरुङ र राम तामाङ रहेका छन् ।

उनीहरुले बल्खुस्थित टाटा सुमो काउण्टरमा केही ब्यक्तिहरुले लाग्ने भाडा भन्दा बढी भाडालिने तथा यात्रुहरुलाई सडकबाटै जवरजस्ती तान्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं दिन-५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077