Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा

धनुषा। भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको र पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077