Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी विश्वराज पोखरेलको रिट खारेज

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्धको पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा सनुवाई भइरहेको थियो।

उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर, सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो। त्यसपछि तोकिएका हरेक पेशीमा हेर्दा हेर्दैमा राखिदै आएको छ।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077