Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपभामुख निर्वाचन : लोसपाले कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै दुई बजेपछि बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

आजै तीन बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ । नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको भए पनि लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077