Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद

झापा । मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद भएको छ।

गोली बरामद भएपछि भद्रपुर नगरपालिका ५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो । पुरानो भद्रपुरमा राजु अग्रवालले मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेका थिए।

चोरी गरेको भन्ने जाहेरी पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। प्रहरीका अनुसार ५ लाख १८ हजार २ सय रुपैयाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो।

उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपैयाँ नगद पनि फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077