Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्।

उनले आफ्नो पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको स्पष्ट पारेका छन्।

अधिकारी स्वयंले आफू कुनै पार्टी राजनीतिमा नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारिसकेको भन्दै सार्वजनिक पदमा भएका व्यक्ति एमालेको कमिटी र विभागमा रहने व्यवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077