Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम हो : एमाले सांसद अधिकारी

काठमाडौं । प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले बिरोध गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटा मार्फत हतियार खरिद गर्न खोजेको भन्दै विरोध गरेका हुन् ।

अधिकारीले १२ बोरको छर्रा हान्ने बन्दुक किन्न नहुने र मानव अधिकारको हिसावले पनि सो हतियार किन्न नहुने बताए । हतियार खरिदका लागि २ दिनभित्र एलसी खोल्न तीब्र दवाव दिइएको अधिकारीले बताए ।

अधिकारीले पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम भएको समेत बताए । हतियार खरिदका लागि अर्थमन्त्रालयले रकमान्तर गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077