Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेशसभा बहिष्कार गरेका प्रतिपक्षीलाई फकाउँदै सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् ।

प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन।

नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

प्रतिपक्षी दल बैठकमा सहभागी नभएपछि जसरी पनि प्रदेशसभाबाट बजेट पारित गर्ने रणनीतिमा रहेको सरकार दबाबमा परेको छ । बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रुपमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077