Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाही र रौतहटमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

सर्लाही । मधेश प्रदेशको छुट्टाछुट्टै ठाउँमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर २ पाकरगाछी स्थित दुई तल्ले काठको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ता कपडा, भाँडा वर्तन, फर्निचर अन्नपात लागायका समान लजेर २० लाख ९५ हजार मूल्य बराबको नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै रौतहटमा विद्युत् सर्ट भएर एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्वर ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा मंगलबार बिहान ८ बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077