Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नाबालिकाहरुको तस्वीर राखेर फेसबुकमा फेक अकाउन्ट खोली चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। प्रहरीले सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको तस्वीर वा भिडियो सम्प्रेषण गरी चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली घर भई हाल कीर्तिपुर काठमाडौं बस्ने ३१ वर्षीय राजेश बिक र रुपन्देही बस्ने ३६ वर्षीय जीवन दामाई रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा ४ जना नाबालिकाहरुको तस्वीर प्रयोग गरी फेक फेसबुक अकाउन्ट खोली अश्लिल शब्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभाईलाई पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्रहत्या गर्दै आएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077