Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न कांग्रेस नेताको सुझाव

    राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न कांग्रेस नेताको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव दिएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुृर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।



    ‘सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गरौं’ उनले भने ।



    उनले राजनीतिक सहमति गरी डा. डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिएका छन् ।

    सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउनेसम्मको सुझाव दिएको थियो ।

    नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने बताएका छन् । ‘गठबन्धन दलहरुको फिरन्ते आर्थिक नीतिको पछाडि नलागीसमयमै कांग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च रोकौं, बजेटमा समयमा उपयोगमुलक तरिकाले खर्च गरौं’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार