Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रतिपक्षसँग छलफल गर्दै सुदूरपश्चिम सरकार

    बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रतिपक्षसँग छलफल गर्दै सुदूरपश्चिम सरकार

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 738
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ ।

    सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको हो ।



    सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाइएको छ ।



    प्रदेश सरकारले ल्याएको बजेट नीति र सिद्धान्तविपरित भएको भन्दै प्रतिपक्ष दलहरूले बजेटको सशक्त विरोध गर्दै आएका छन् । प्रतिपक्षसँगै सत्तापक्षका प्रदेशसभा सदस्यले समेत बजेटको समर्थन नगरेपछि सरकार संकटमा परेको छ । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार